
ज्ञानमाण्डू। प्राइम कमर्सियल बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । प्राइमको बैशाख ३१ गते बसेको संचालक समितिको ३६२ औं बैठकले जेठ २६ गते बैंकको ११ औं वार्षिक साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो ।
बैंकले साधारणसभा प्रयोजनका लागि जेठ ९ गतेदेखि बुक क्लोज गर्नेछ । यसको अर्थ यो बैंकको साधारणसभामा सहभागी हुन चाहनेले जेठ ८ गतेभित्र बैंकको सेयर खरीद गरी सेयरधनी बन्नुपर्ने छ ।