थप स्थानीय पाठ्यक्रम बनाउँदै भक्तपुर नगरपालिका

ज्ञानमाण्डू।भक्तपुर नगरपालिकाले कक्षा ३ र ८ को पाठ्यक्रम निर्माण गरी ‘ख्वपको पहिचान’ नामक पाठ्यपुस्तक प्रकाशन गर्ने भएको छ । नगरपालिकाले कक्षा १, २, ६ र ७ को स्थानीय पाठ्यक्रम निर्माण गरेर यहाँका सबै विद्यालयमा यसअघि लागू गरिसकेको छ । 

नगरप्रमुख सुनिल प्रजापतिले थप पाठ्यक्रम निर्माणमा विज्ञहरूसँगको परामर्श लिएर तयारी गरेको जानकारी दिए । भक्तपुरको मौलिक सीप, प्रविधि, इतिहासबारे नयाँपुस्तालाई जानकारी गराउन नगरपालिकाले शैक्षिक वर्ष २०७५ देखि चार वटा कक्षामा स्थानीय पाठ्यक्रम लागू गरिसकेको नगरप्रमुख प्रजापतिले बताए । 

स्थानीय पाठ्यक्रम लागू गर्ने यो पहिलो नगरपालिका भएको दाबी गरिएको छ । नगरप्रमुख प्रजापतिले नपाद्वारा गठित स्थानीय पाठ्यक्रम तयारी कार्यदल र विज्ञहरूको सल्लाहअनुरुप पाठ्यसामग्री समेटिई सो पुस्तक प्रकाशनमा ल्याउन लागेको जानकारी दिए । 

स्थानीय पाठ्यक्रम तयार कार्यदलका संयोजक योगेन्द्रमान बिजुक्छेंले लागू भएका पाठ्यक्रम प्रभावकारी भएको र अब थप हुने कक्षाका पाठ्यक्रम तथा प्रकाशित हुने पाठ्यपुस्तकमा विज्ञहरुको सुझावलाई समेटेर अगाडि बढ्ने जानकारी दिए । स्थानीय पाठ्यक्रम तयार कार्यदल सदस्य सिद्धिरत्न शाक्य, रोशनराज तुइतुईलगायतले जिल्लावासीले आफू जन्मेहुर्केको ठाउँ र संस्कृतिबारे ज्ञान बाँड्न पाठ्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताउँछन् ।

नगरपालिकाले यहाँका विद्यालयमा लिपि र भाषाका कक्षा सञ्चालन गर्नुपर्ने, विद्यार्थीलाई मौलिक संस्कारबारे अडियो–भिडिओसहितको डकुमेन्ट्री देखाई सिक्ने अवसर दिनुपर्ने, समाजप्रति उत्तरदायी बनाउने ढङ्गले यहाँका संस्कृतिको महत्त्वबारे प्रस्ट पार्नुपर्ने, स्थानीय खेल खेल्न प्रेरित गर्नुपर्ने, स्थानीय पाठ्यक्रमको उपलब्धि र प्रभावकारिताबारे अनुगमन गर्नुपर्ने सुझाव आएको जनाएको छ । 

यसै गरी अनुसन्धानमा आधारित ज्ञान र सीप दिनुपर्ने, शिलापत्र–ताम्रपत्र आदिको ज्ञान दिने ढङ्गले शिक्षित गर्नुपर्ने, स्थान विशेष शब्दहरूबारे थाहा दिनुपर्ने, भाषागत शुद्धाशुद्धीमा ध्यान दिनुपर्ने लगायतका सुझाव आएको जनाएको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x