सानिमा बैङ्कको नाफामा ०.८६ प्रतिशतकाे गिरावट

Sanima Bank

ज्ञानमाण्डू। सानिमा बैङ्कको नाफा ०.८६ प्रतिशतले घटेकाे छ । आ.व. २०७७/७८ को चाैथाे त्रैमास सम्ममा बैङ्कले २ अर्ब ३१ कराेड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चाैथाे त्रैमास सम्ममा बैंकले २ अर्ब २९ कराेड रुपैयाँ नाफा कमाएको देखिन्छ ।

११ अर्ब ३२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको सानिमा बैङ्कले १ खर्ब ५७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ४ अर्ब ३० करोड रुपैयाँ र संचित मुनाफा १ अर्ब ४६ कराेड रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ५.३ प्रतिशतले बढेर ४ अर्ब ७६ करोड रुपैयाँ पुगेकाे छ ।त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा ३ अर्ब २० कराेड रुपैयाँ रहेकाे छ ।

बैंककाे निष्कृय कर्जा अनुपात ०.३५ प्रतिशत र प्रतिशेयर आम्दानी २० रुपैयाँ २४ पैसा छ भने प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ०१ पैसा र पछिल्लाे काराेबार मूल्य रू २६७ काे आधारमा मूल्य आम्दानी अनुपात १३.१९ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x