एन आई सी एशिया बैंकका ग्राहकहरूलाई हायात रिजेन्सी होटलका विभिन्न सेवाहरूमा १५% छुट

ज्ञानमाण्डू। एन आई सी एशिया बैंक लिमिटेडका ग्राहक महानुभावहरूलाई काठमाडौंस्थित हायात रिजेन्सी होटलका विभिन्न सेवाहरूमा १५% सम्म छुट उपलब्ध गराउने गरी बैंक र होटलबीच समझदारी भएको छ । यो योजना एक वर्षको लागि लागू हुने बैंक र होटलको समझदारी छ । समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कुमार राठी तथा होटलको तर्फबाट महाप्रबन्धक श्री राजेश रामदासले हस्ताक्षर गरेका छन् । उक्त समझदारी बमोजिम एन आई सी एशिया बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले होटलको फूड, बेभरेज, स्पा तथा लाउण्ड्री सेवाहरू प्रयोग गरे वापत रकम भुक्तानी गर्दा कारोबार रकमको १५% सम्म छुट पाउनेछन् । साथै यस बैंकका कर्मचारीहरूलाई पनि सो योजना अनुसारको छुट उपलब्ध हुनेछ । यसैगरी ग्राहकहरूले देशभरका २,४०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।


एन आई सी एशिया बैंकले मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४५४ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६० वटा शाखारहित बैंकिङ्गमार्फत करिब २१ लाख ग्राहकहरूलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

 NIC ASIA BANK

HYATT REGENCY

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x