
महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले माछापुच्छ्रे बैङ्कसँगको सहकार्यमा काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न ठाउँमा ट्याङ्की नै राखेर हात धुने व्यवस्था मिलाइएको जानकारी दिए । साबुन पानीले हात धुने तथा स्यानीटाइजरको प्रयोग र माक्स लगाएर हिँडेमा पनि केही हदसम्म नियन्त्रण गर्न सकिने विशेषज्ञको रायअनुसार सर्वसाधारण नागरिकको सहजताका लागि उक्त कार्य गरिएको उनले बताए ।
प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलका अनुसार रत्नपार्क, बानेश्वर, गौशाला, सिनामङ्गल, महाराजगञ्ज, त्रिवि शिक्षण अस्पताललगायत ठाउँमा हात धुने व्यवस्था मिलाइएको छ । यस्तै थापाथली, टेकु अस्पताल, पाटन अस्पताललगायत ललितपुर र भक्तपुरका बढी भीडभाड हुने र जोखिम बढी हुने स्थानमा सोमबार पानीको व्यवस्थापन गरिने जनाइएको छ ।रासस