एन आई सी एशिया लघुवित्तको नाफा ५८ करोड माथि, कस्ता छन् अन्य वित्तीय सूचकहरू ?

ज्ञानमाण्डू। एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा २४.४९ प्रतिशतले बढेकाे छ । आ.व. २०७७/७८ को चाैथाे त्रैमास सम्ममा लघुवित्तले ४७ करोड ४ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चाैथाे त्रैमास सम्ममा लघुवित्तले ५८ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१ अर्ब ७३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको एन आई सी एशिया लघुवित्तले २१ अर्ब ८४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, लघुवित्तले १६ अर्ब ३१ करोड रुपैयाँ सापटी लिएकाे छ भने जगेडा कोषमा १ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।
एन आई सी एशिया लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ४३.३६ प्रतिशतले बढेर १ अर्ब ४९ करोड रुपैयाँ पुगेकाे छ । लघुवित्तको प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ६७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८१ रुपैयाँ छ र पछिल्लाे काराेबार मूल्य रू ९०९ काे आधारमा मूल्य आम्दानी अनुपात २६.९९ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x