
जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका एक, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काठमाडौँका १२ र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमै गरिएको परीक्षणमा भक्तपुरका चार र ललितपुरका १० जनामा सङ्क्रमण देखिएको हो ।
आज सबैभन्दा बढी बाजुरामा ५४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । अछाम र बैतडीका ११-११, महोत्तरीका नौ, धनुषा र अर्घाखाँचीका आठ-आठ, डोटीका सात, मोरङ र डडेल्धुराका छ-छ, सल्यान, रुकुम पश्चिम र नवलपसारीका पाँच-पाँच, सप्तरी, सुनसरी, दाङ, सुर्खेत र गोरखाका तीन-तीन, तनहुँ, पाल्पा र बर्दियाका दुई-दुई, झापा, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, कास्की, लमजुङ, नुवाकोट, पर्सा, रामेछाप, रुपन्देही, सप्तरी, रुकुम पूर्व, बागलुङ र कपिलवस्तुका एक-एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा मुलुकभर २०४ सङ्क्रमित थपिएका छन् । हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १६ हजार १६८ पुगेको छ । पछिल्लो २४ घण्टामा छ हजार १३३ नमूनाको पिसिआर विधिबाट परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए । हालसम्म पिसिआर विधिबाट दुई लाख ६१ हजार ८६१ नमूना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।रासस