माछापुच्छ्रे बैङ्कले कति दिँदैछ लाभांश ?

ज्ञानमाण्डू। माछापुच्छ्रे बैंक लिमिटेडको मिति २०७८/०६/०६ गते बसेको संचालक समितिले गत आर्थिक बर्ष (२०७७/७८) को खुद मुनाफाबाट शेयरधनीहरुलाई चूक्ता पूँजीको १४ प्रतिशत रु. १,२६७,४३२,६३२ लाभांश (कर सहित) वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ । उक्त लाभांश अन्तर्गत बैंकले १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) नेपाल राष्ट्र बैंकको स्वीकृति एवं आगामि बार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गर्ने निर्णय गरेको छ । 

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड ७४ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १७ रुपैंया ७६ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ९ अर्ब ५ करोड रुपैंया तथा साधारण जगेडा कोषमा २ अर्ब २ करोड रुपैंया संचित छ ।

माछापुच्छ्रे बैंक लिमिटेडले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६२ वटा शाखाहरु र १७५ शाखारहित बैकिङ्ग सेवा, ७ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३४४ स्थानवाट १० लाख भन्दा बढि ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०३ वटा एटीएमहरु संचालनमा रहेको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100.00%
0.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x