प्रभु बैंक लिमिटेड र अन्नपूर्ण केबल कार प्रा. लि.का बिच आकर्षक छुट गर्ने सम्झौता



ज्ञानमाण्डू। हिजो मिति २०७९ साउन १५ गतेका दिन प्रभु बैंक लिमिटेड र अन्नपूर्ण केबल कार प्रा. लि.का बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । 

बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख राजु राना मगर र अन्नपूर्ण केबल कार प्रा. लि.का तर्फबाट महाप्रबन्धक दिनेश पौडेलद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । प्रभु बैंक र उक्त प्रा. लि. बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरेका सम्पूर्ण ग्राहकहरुले अन्नपूर्ण केबल कार प्रा. लि.द्धारा सञ्चालित केबल कार सेवा अन्र्तगत टिकट शुल्कमा १० प्रतिशत छुट प्राप्त हुने व्यवस्था गरिएको बैंकले जनाएकाे छ ।


उक्त सम्झौता अन्तर्गत अन्नपूर्ण केबल कार प्रा. लि.मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, अन्नपूर्ण केबल कार प्रा. लि.का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x