नेपाल बङ्गलादेश बैंकको नाफामा ४१.९० प्रतिशतकाे वृद्धि, प्रतिशेयर आम्दानी २६ रुपैयाँ ८९ पैसा

ज्ञानमाण्डू। नेपाल बङ्गलादेश बैंकको नाफा ४१.९० प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को पहिलाे त्रैमास सम्ममा बैङ्कले ४० करोड २५ लाख २१ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को पहिलाे त्रैमास सम्ममा बैंकले ५७ करोड ११ लाख ८१ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।


८ अर्ब ४९ करोड ५८ लाख १४ हजार रुपैयाँ चुक्ता पुँजी रहेको नेपाल बङ्गलादेश बैंकले ६८ अर्ब ५५ करोड ७५ लाख ८३ हजार रुपैयाँ निक्षेप संकलन गरी ५९ अर्ब ४४ करोड ६५ लाख १६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ४ अर्ब ५३ करोड ७६ लाख ४० हजार रुपैयाँ र संचित मुनाफा ७७ कराेड ३० लाख ३१ हजार रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ७.४४ प्रतिशतले घटेर ६९ करोड २२ लाख ४५ हजार रुपैयाँ पुगेकाे छ ।

त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा ५ कराेड ८९ लाख २६ हजार रुपैयाँ र निष्कृय कर्जा अनुपात २.३९ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ८९ पैसा छ भने प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ ५१ पैसा छ र मूल्य आम्दानी अनुपात ८.०३ गुणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x