पाकिस्तानले इंग्ल्यान्डलाई पराजित गर्दै पहिलो जितको सुरुवात

ज्ञानमाण्डू।जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले इंग्ल्यान्डलाई पराजित गर्दै पहिलो जित निकालेको छ । सोमबार राति भएको खेलमा पाकिस्तानले इंग्ल्यान्डलाई १४ रनले पराजित गरेको हो । ३४९ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३३४ रन मात्रै बनाउन सक्यो ।
इंग्ल्यान्डले हारको नमिठो स्वाद पएता पनि घरेलु टोलिका लागि दुई खेलाडीले भने शतक हाने । इंग्ल्यान्डका लागि जोय रुट र जोस बट्लरले क्रमश:१०७ रन र १०३ रनको शतकीय इनिङ्स खेले । यस्तै जोनी ब्रैस्टोले ३३,क्रिस वोक्स २१ तथा मोइन अलीले १९ रन जोड्दा अन्य ब्याट्सम्यानले उलेख्निय रन जोड्न सकेनन् । बलिङतर्फ पाकिस्तानका लागि वाहब रियाजले तीन र मोहम्मद अमिर शादब खानले समान २–२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको लागि चयन भएको पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर ३४८ रन बनाएको थियो । पाकिस्तानका लागि मोहमद हाफिज, बाबर आजम र सर्फ्राज अहमेदले क्रमश:८४ रन, ६३ रन र ५५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै इमाम उल हकले ४४ तथा फकर जमानले ३६ रन जोडे । बलिङतर्फ इंग्ल्यान्डका मोइन अली र क्रिस वोकसले समान ३–३ विकेट लिए । 
जितसंगै पाकिस्तानले एकदिवसीय क्रिकेटमा १२ औं खेलमा पहिलो जित निकालेको छ  । यसअघि पाकिस्तानले एकदिवसीय क्रिकेटमा लगातार ११ खेलमा पराजय व्यहोरेको थियो ।जितसंगै पाकिस्तानले २ खेलबाट २ अंक जोडेको छ । पाकिस्तान पहिलो खेलमा वेष्ट इण्डिजसंग पराजित भएको थियो । पाकिस्तान तालिकाको छैटौं स्थानमा रहेको छ भने इंग्ल्यान्डको यो पहिलो हार हो । पहिलो खेलमा इंग्ल्यान्डले दक्षिण अफ्रीकालाई हराएको थियो । इंग्ल्यान्ड पनि २ खेलबाट २ अंक रहेको छ ।इंग्ल्यान्ड चौंथो स्थानमा रहेको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x