सम्मृद्ध नेपाल निर्माणमा हातेमालो गर्न गैर आवासीय नेपालीलाई वरिष्ठ उपाध्यक्ष ढकालको आह्वान

ज्ञानमाण्डू। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गैर आवासीय नेपालीहरु (एनआरएन) लाई नेपालमा लगानीका लागि आह्वान गर्नुभएको छ । एनआरएनए क्यानाडाको १३औं वार्षिक साधारणसभामा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले एनआरएनको ज्ञान, सिप र श्रोतलाई नेपालमा ल्याउन निजी क्षेत्रको तर्फबाट आफूहरु सहकार्य गर्न तत्पर रहेको बताउनुभएको छ । 

 


“तपाईहरु आउनुस्, यहाँ लगानीको वातावरण बनेको छ । नयाँ संविधानको निर्माण र मुलुक संघीय प्रणालीमा गइसकेपछि धेरै पुराना नियम कानुनहरु परिवर्तन गरिएका छन् । हरेक स्थानीय तहले लगानीमैत्री वातावरण बनाउन र बैदेशिक लगानी भित्र्याउन पहल गरेका छन्,” उहाँले भन्नुभयो, “विदेशमा सिकेको ज्ञान, सीप, श्रोत र साधन लिएर तपाईहरु आउनुस्, सम्मृद्ध नेपाल निर्माणमा हामीहरु सधै हातेमालो गर्न तयार छौ ।” 

 

एनआरएन र एफएनसीसीआईबीच सुमधुर सम्बन्ध रहेको बताउँदै उहाँले एनआरएनहरुले लगानी ल्याउने प्रतिवद्धता जनाए महासंघको तर्फबाट यसकालाई हातेमालो गर्न आफूहरु तयार रहेको समेत बताउनुभयो । अहिले पनि कतिपय आयोजनाहरुमा महासंघ र गैर आवासीय नेपालीहरुबीच लगानी साझेदारी भएको बताउँदै उहाँले अबका दिनमा पनि थप लगानी भित्र्याउन महासंघको तर्फबाट आफूले पहल गर्ने बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x