लक्ष्मी बैंकको नाफा ८० करोड माथि

laxmi bank
 
ज्ञानमाण्डू। लक्ष्मी बैंकको नाफा १०.६२ प्रतिशतले घटेकाे छ । आ.व. २०७६/७७ को दाेस्राे त्रैमास सम्ममा बैङ्कले ९० करोड ३० लाख २९ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को दाेस्राे त्रैमास सम्ममा बैंकले ८० करोड ७१ लाख १५ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।


१० अर्ब ६९ करोड ५६ लाख ९० हजार रुपैयाँ चुक्ता पुँजी रहेको लक्ष्मी बैंकले १ खर्ब ०४ अर्ब ३५ करोड ७५ लाख ३४ हजार रुपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब ३८ करोड ७२ लाख ५८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ४ अर्ब ६८ करोड ८२ लाख ०१ हजार रुपैयाँ र संचित मुनाफा ९७ कराेड ५९ लाख ९४ हजार रूपैयाँ रहेको छ ।


बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १३.१३ प्रतिशतले घटेर १ अर्ब ५१ करोड ५२ लाख ७८ हजार रुपैयाँ र निष्कृय कर्जा अनुपात ०.७६ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ०९ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ८३ पैसा छ र मूल्य आम्दानी अनुपात १८.५५ गुणा छ ।

 


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x