महालक्ष्मी विकास बैङ्कले ९.२६ प्रतिशत बोनस सेयर दिने

ज्ञानमाण्डू।महालक्ष्मी विकास बैङ्कको मिती २०७७ साल माघ २० गते मङ्गलबारका दिन बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आ. व. २०६६/०६७ को मुनाफाबाट हाल कायम चुक्ता पूजी को ९ दशमलव २६ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीको मङ्गलबारका दिन बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ९ दशमलव २६ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने करसहित कुल ९ दशमलव २६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । सञ्चालक समितिको निर्णय नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले लाभांश पाउने बैङ्कले जानकारी दिएको छ ।

महालक्ष्मी विकास बैङ्कले हाल कायम ३ अर्ब ७ करोड २० लाख ६१ हजार ३२८ रुपैयाँ चुक्ता पुँजीमा उक्ता लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित बोनस वितरणपछि पुँजी ३ अर्ब ३५ करोड ६६ लाख ३० हजार ९१९ रुपैयाँ पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x