नेपाल दूरसंचार कम्पनीले प्रतिशेयर ४० रुँपैया नगद लाभांश वितरण गर्ने

ज्ञानमाण्डू।नेपाल दूरसंचार कम्पनी लिमिटेडको मिती २०७७ साल फागुन १९ गते बुधबारका दिन बसेको सञ्चालक समितिको ८८८ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०६६/०६७ सम्मको संचित मुनाफाबाट लाभांश स्वरूप आफ्ना लगानिकर्ता तथा शेयरधनीहरुलाई प्रतिशेयर ४० रुँपैयाका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

बुधबारका दिन बिहान ८ बजे केन्द्रीय कार्यालय भद्रकालीमा बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०६६/०६७ मुनाफाबाट आफ्ना लगानिकर्ता तथा शेयरधनीहरुलाई लाभांश स्वरूप प्रतिशेयर ४० रुँपैयाका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले पाउने कम्पनीले जानकारी दिएको छ ।

नेपाल दूरसंचार कम्पनी लिमिटेडले हाल कायम १५ अर्व रुपैयाँ चुक्ता पुँजीमा उक्ता लाभांश प्रस्ताव गरेको हो । अघिल्लो वर्ष नेपाल दूरसंचार कम्पनीले प्रतिकित्ता ४५ रुपैयाँ नगद लाभांश स्वरूप आफ्ना लगानिकर्ता तथा शेयरधनीहरुलाई वितरण गरेको थियो । हाल नेपाल दूरसंचार कम्पनी लिमिटेडको जगेडा कोषमा ८० अर्ब ३७ करोड रुपैयाँ संचित छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ अर्ब २८ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ४३ रुपैयाँ ८६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ६३५ रुपैयाँ ८० पैसा रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x