धितोपत्र बजारमा ०.५६ अंकको वृद्धि, नेप्से परिसूचक २६७३.८८ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक केही अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शुन्य दशमलव ५६ अंकले बढेर २६७३ दशमलव ८८ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक शुन्य दशमलव १४ अंकले बढेर ४७८ दशमलव ३८ को विन्दुमा पुगेको छ ।



आज कूल २१५ कम्पनीका १ करोड ४८ लाख ५४ हजार ४२२ कित्ता शेयर रु ५ अर्ब ३२ करोड ६० लाख ५२ हजार ८०१ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये छ उपसमूहको शेयर ऒरालो लागेको छ । विकास बैंक उपसमूह ३.८१ अङ्कले बढ्दा, जलविद्युत ३१.७९ अङ्कले, वित्त उपसमूह १५ अङ्कले, निर्जीवन बीमा ३१.६ अङ्कले, उत्पादन उपसमूह १००.६६ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव ०६ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ७६ अङ्कले बढेको छ । यता, बैंकिङ उपसमूह ३ दशमलव ४२ अङ्कले घट्दा ट्रेडिङ उपसमूह ४१.२ अङ्कले, होटल तथा पर्यटन उपसमूह ६.९६ अङ्कले, अन्य उपसमूह १९.२१ अङ्कले, लघुवित्त उपसमूह १७.८ अङ्कले र जीवन बीमा ६६.८६ अङ्कले घटेको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x