शिखर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


ज्ञानमाण्डू।साधारण सभा प्रयोजनका लागि फागुन २६ गते बुक क्लोज गर्ने तयारिमा रहेको शिखर इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज फागुन २५ गते मंगलबार अन्तिम दिन रहेको छ ।

यस अनुसार, आजका दिन सम्म शेयारधनी बनेका लगानिकर्ता तथा शेयरधनीहरुले शिखर इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने हाल कायम चुक्ता पूँजीको २७ दशमलव ७६९ प्रतिशतले हुन आउने बोनस शेयर र सोको कर प्रयोजनार्थ १ दशमलव ४६२ प्रतिशतले हुन आउने नगद लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

लाभांश पारित गर्ने प्रयोजनार्थ इन्स्योरेन्सले चैत ९ गते सोमबार, आफ्नो केन्द्रिय कार्यालय, शिखर बिज सेन्टर, थापाथलीमा १५ औँ र १६ औँ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभाले बोनस शेयर वितरणपश्चात ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्दैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x