१६.१६ प्रतिशत लाभांश वितरण गर्दै सुर्योदय लघुवित्त


ज्ञानमाण्डू।सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको मिती २०७७ साल चैत १ गते आइतबारका दिन बसेको सञ्चालक समितिको १५७ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०६६/०६७ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १५ दशमलव ३५ प्रतिशतले हुन आउने बोनस शेयर र शुन्य दशमलव ८१ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

आइतबारका दिन साँझ ५:०० बजे बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले मुनाफाबाट हाल कायम चुक्ता पुँजी २१ करोड ५० लाख ४२ हजार ९२५ रुपैँयाको १५ दशमलव ३४५७७३४ प्रतिशतले हुन आउने तिन करोस तिस लख रुपैँया बराबरको बोनस शेयर र शुन्य दशमलव ८०७६७२३ प्रतिशतले हुन आउने १७ लाख ३६ हजार ८४२ रुपैँया ११ पैसा बराबरको नगद लाभांश स्वरूप आफ्ना लगानिकर्ता तथा शेयरधनीहरुलाई वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले पाउने लघुवित्तले जानकारी दिएको छ ।

सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल कायम २१ करोड ५० लाख ४२ हजार ९२५ रुपैयाँ चुक्ता पुँजीमा उक्ता लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित बोनस वितरणपछि लघुवित्तको पुँजी २४ करोड ८० लाख ४२ हजार ९२५ रुपैयाँ पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x