
ज्ञानमाण्डू। वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था लिमिटेड विचको मर्जर कार्य सम्पन्न भई मर्जर पश्चातको वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाउँवाट मिति २०७७/१२/०३ मा एकीकृत रुपमा वित्तीय कारोबार सम्पन्न भएको जानकारी वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले दिएको छ ।
नेपाल राष्ट्र बैंकबाट प्राप्त स्वीकृती पश्चात वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाउँवाट मंगलवारबाट वोमी लघुवित्त वित्तीय संस्था र ग्रामीण स्वयं सेवक लघुवित्त वित्तीय संस्था विचको मर्जर पश्चातको एकीकृत कारोबार शुरु भएको संस्थाले जनाएको छ ।
वोमी लघुवित्तको चुक्तापूँजी रू. ३६ करोड १२ लाख रहेको छ । त्यसैगरी ग्रामीण स्वयसेवक लघुवित्तको पूँजी रू. ४ करोड २० लाख रहेको छ । यी दूई कम्पनी मर्जर पश्चात कम्पनीको चुक्तापूँजी रू. ४० करोड ३२ लाख पुगेको छ ।
मर्जरपछि पश्चात वोमी लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय प्रदेश नं ३ काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका १४ साँगामा रहने कम्पनीले बताएको छ । वोमी लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट शेयरधनीलाई ३० प्रतिशत बोनस शेयर वितरण गरेको हो ।
