एन आई सी एशिया रेमिटबाट निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने

ज्ञानमाण्डू।एन आई सी एसिया बैङ्कले ग्राहक महानुभावहरूको उल्लासमय सहभागीतालाई मध्यनजर गर्दै एन आईसी एसिया रेमिटमार्फत निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने सुविधा सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत एन आई सी एसिया बैङ्कका देशभर फैलिएका सम्पूर्ण शाखा र विस्तारित काउन्टरहरूबाट नेपालभरी एक ठाउँबाट अर्को ठाउँमा सित्तैमा आन्तरिक रेमिट्यान्स रकम पठाउन सकिनेछ । उक्त योजना अनुसार २०७६ फागुन १८ देखि २०७७ वैशाख १७ गतेसम्म देशभित्र रकम पठाउँदा कुनै पनि शुल्क नलाग्ने व्यवस्था बैङ्कले गरेको छ । यस बैङ्कका ३१९ शाखा, १०७ विस्तारित काउन्टर, ५६ वटा शाखारहित बैङ्किङ इकाई एवं ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरू मार्फत सरल रूपमा भुक्तानी पाउन सकिनेछ । मुलुकभर सबैभन्दा धेरै शाखा सञ्जाल रहेको यस बैङ्क मार्फत तुरुन्त रकम पठाउन तथा प्राप्त गर्न सकिने हुँदा धेरै भन्दा धेरै ग्राहक महानुभावहरू लाभग्राही हुने विश्वास बैङ्कले लिएको छ ।

बैङ्कलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैङ्क प्रतिको भरोसाले गर्दा यस बैङ्कको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४५१ एटिएम, १०७ वटा एक्सटेन्सन काउन्टर एवं ५६ वटा शाखारहित बैंकिङ्गमार्फत् बैङ्किङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठुलो शाखा सञ्जाल भएको बैङ्क हुन सफल भएको छ । करिब २१ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैङ्कका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साह प्रद रहेका छन् । उत्तरदायी बैकिङ्गको अभ्यास गर्दै आएको यस बैङ्कले प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैङ्क तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैङ्क तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको कुरा बैङ्कले प्रेस विज्ञप्तिद्वारा जनाएको छ   ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x