मुक्तिनाथ विकास बैंकको डिबेन्चर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड

ज्ञानमाण्डू।मुक्तिनाथ विकास बैंक लिमिटेडले रू. १,००० /- अंकित दरका १२ लाख ५० हजार कित्ताले हुन आउने रू. १ अर्ब २५ करोड बराबरको ‘मुक्तिनाथ डिबेन्चर ऋणपत्र २०८४/८५’ निष्काशनको लागि श्री सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको जानकारी दिएको छ ।


डिबेन्चर बिक्री प्रबन्धक सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री प्रद्युमन पोखरेल र सानिमा क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री भिष्म राज चालिसेले हस्ताक्षर गर्नुभएको बैंकले जनाएको छ ।

रू.१ अर्ब २५ करोड ऋणपत्रको ६० प्रतिशत (अर्थात रू. ७५ करोड) व्यक्तिगत तवर (Private Placement) मार्फत् र ४० प्रतिशत (रू. ५० करोड) सर्वसाधारण लगानीकर्तालाई सार्वजनिक निष्काशन विधि मार्फत् निष्काशन गरिने बैंकले जनाकारी दिएको छ । अर्धवार्षिक रुपमा ब्याज प्रदान गरिने यस ऋणपत्रको अवधि ७ वर्षको हुनेछ ।

ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचिकरण गरिने बैंकले जनाएको छ । हाल नेपालमा दीर्घकालिन लगानीको लागि वित्तीय साधनहरु अत्यन्त कम मात्र उपलब्ध रहेको अवस्थामा दीर्घकालिन रुपमा उच्चतम प्रतिफल प्राप्त हुने, प्रतिफलको सुनिश्चितता हुने एवं सुरक्षित लगानी हुने लगायतका दृष्टिकोणबाट दीर्घकालिन लगानीको लागि एक विरलै प्राप्त हुने एवं उत्कृष्ट अवसर भएकोले यसबाट फाइदा उठाउन सम्बन्धित सबैमा बैंकले हार्दिक अपिल गरेको व्यहोरा मुक्तिनाथ विकास बैंक लिमिटेडले यस प्रेस विज्ञप्तिद्वारा जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x