रु रु जलुविद्युत परियोजनाको आईपीओ बाँडफाँड, १६ लाख भन्दा बढिको हात खाली, यसरी हेर्नुहोस् नतिजा


ज्ञानमाण्डू।रु रु जलुविद्युत परियोजनाले चैत २० गतेदेखि चैत २४ गते सम्म प्रिमियम मूल्यमा सर्वसाधारणका लागि बिक्रि खुला गरेको प्राथमिक शेयर(आईपीओ) आज बैशाख ३ गते बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले आज रु रु जलुविद्युत परियोजना लिमिटेडको आइपिओ बाँडफाँट गरेको हो । एनएमबि क्यापिटल लिमिटेडको कार्यलय नागपोखरी, काठमाडौंमा बिहान ८:३० बजे रु रु जलुविद्युत परियोजना लिमिटेडको प्राथमिक शेयर(आईपीओ) बाँडफाँड भएको हो । कम्पनीको आइपीओ प्रि– अलोटमेन्ट चैत ३१ गते नै सम्पन्न भइसकेको बिक्री प्रबन्धक एनएमबि क्यापिटल दिएको छ ।

रु रु जलुविद्युत परियोजना लिमिटेडको उक्त आइपिओमा आवेदन दिएका कुल १६ लाख ८३ हजार १२१ जना सर्वसाधारण लगानिकार्ता मध्य ३७ हजार ९१६ जना आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले शेयर पाएका छन् । आवेदन दिएका मध्ये ८ हजार ५३५ जना आवेदकको आवेदन रद्द भएको छ । योग्य १६ लाख ७४ हजार ५८६ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जानकारी दिएको छ । गोलाप्रथामा सहभागी गराइएका १६ लाख ४६ हजार ६ सय ७० जना सर्वसाधारण लगानिकार्ताको हात भने खाली भएको छ।
बिक्रि प्रबन्धक एनएमबि क्यापिटलको तथ्याङ्क अनुसार आवेदन दिने अन्तिम दिन मंगलबार, चैत २४ गते साँझ कार्यालय समय सम्म रु रु जलुविद्युत परियोजनाको आइपीओमा १६ लाख ८३ हजार १२१ जना सर्वसाधरण लगानिकार्ताले कुल २ अर्ब ३५ करोड ४६ लाख ४४ हजार रुपैयाँ बराबरको २ करोड ३५ लाख ४६ हजार ४४० कित्ता प्राथमिक शेयर(आईपीओ)का लागि आवेदन दिएका थिए । उक्त माग सर्वसाधरणका लागि बिक्री खुला गरिएको ३ लाख ७९ हजार १६७ कित्तालाई आधार मान्दा ६१ दशमलव ६५ गुणा बढी हुन आउँदछ ।

रु रु जलुविद्युत परियोजनाले आफ्नो जारी पूँजी रु ४०,७७,०५,५००/- (चालिस करोड सतहत्तर लाख पाँच हजार पाँच सय) को २० प्रतिशत अर्थात् ८,१५,४११ कित्ता साधारण शेयरमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाकालागि १० प्रतिशत अर्थात् ४,०७७०५ कित्ता निष्काशन गरी बाँडफाँड गरि बाँकी रहेको जारी पूँजीको १० प्रतिशत अर्थात रु.४,०७७०,६००/- रकम बराबरको रु. १००/- अंकित दरमा प्रिमियम वापत रु. २०/- थप गरी जम्मा मुल्य रु. १२०/- मा ४,०७७०६ कित्ता शेयर सर्वसाधारणलाई सार्वजनिक निष्काशन गरेको हो। सो मध्ये ८,१५४ कित्ता (२ प्रतिशत) कर्मचारीहरुलाई र २०,३८५ कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी ३७९,१६७ कित्ता साधारण शेयरहरुको सार्वजनिक निष्काशन गरिएको कम्पनीले जानकारी दिएको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँको दरले जारी पुँजीको १० प्रतिशत अर्थात चार करोड सात लाख ७० हजार रुपैयाँ बराबरको चार लाख सात हजार सात सय पाँच कित्ता आईपिओ निष्काशन गरेको थियो । कम्पनीले गुल्मीमा सञ्चालित ५ मेगावाटको माथिल्लो हुग्दी जलविद्युत आयोजनाको २० प्रतिशत आईपिओ निष्काशन गरेको हो ।

रुरु जलविद्युत परियोजनाको आइपीओ शेयर निष्कासन तथा बिक्रि प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपाल(ICRA Nepal Limited)ले यस रु रु जलविद्युत परियोजना लिमिटेडलाई मिति २०७७/०४/१५ मा समयमा नै वितीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यमस्तरको सुरक्षित कम्पनी जनाउने ICRANP-IR BBB (Prounced as ICRA NP Issuer Rating Tripple B) प्रदान गरेको छ। उक्त रेटिङ्गको अवधि जारी मितिबाट एक वर्षसम्म रहने क्रेडिट रेटिङ एजेन्सी जनाएको छ।

सर्वसाधारण लगानीकर्ताले सिडीएससीकाे नयाँ वेबसाइट, कम्पनीकाे वेबसाइटबिक्री प्रबन्धककाे वेबसाइटमा गइ आइपिओको नतिजा हेर्न सकिनेछ ।
रु रु जलुविद्युत परियोजना लिमिटेडको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम ३७९,१६७ कित्ता अर्थात् बिक्रि खुला गरिएको सम्पूर्ण कित्ता अर्थात् ३७९,१६७ कित्ता साधारण शेयर सम्मको लागि आवेदन दिन सकिने व्यवस्था रहेको थियो । उक्त कम्पनीको आईपीओ लगानीकर्ताहरुले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालय तथा मेरो शेयर, अनलाइन मार्फत पनि प्राथमिक शेयर(आईपीओ)का लागि आवेदन दिन सक्ने व्यवस्था रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x