नेप्सेमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभेलप्मेन्टको २.८५% बोनस शेयर सूचीकृत



ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार, बैशाख २१ गतेका दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभेलप्मेन्ट लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा मंगलबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभेलप्मेन्टको कुल ३ लाख  २२ हजार ८१४ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।



एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभेलप्मेन्ट लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट २ दशमलव ८५ प्रतिशतले हुन आउने बोनस शेयर, लाभांश स्वरूप आफ्ना शेयरधनी तथा लगानिकर्ताहरु माझ वितरण गरेको थियो । कम्पनीको सोहि बोनस शेयर नेप्सेमा मंगलबार सूचीकृत भएको हो।

शेयरधनीको डिम्याट खातामा आएपछि उक्त बोनस शेयर दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x