६१.६५ गुणा बढी आवेदनका साथ रु रु जलविद्युतको आइपीओ बिक्री समापन


ज्ञानमाण्डू। रु रु जलुविद्युत परियोजनाले चैत २० गतेदेखि प्रिमियम मूल्यमा निष्काशन गरेको आइपीओमा २ करोड ३३ लाख ७७ हजार २२० कित्ताका लागि आवेदन परेको छ । 

बिक्रि प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आवेदन दिने अन्तिम दिन मंगलबार, चैत २४ गते साँझ कार्यालय समय सम्म रु रु जलुविद्युत परियोजनाको आइपीओमा १६ लाख ६९ हजार ५६६ जना सर्वसाधरण लगानिकार्ताले कुल २ अर्ब ३३ करोड ७७ लाख २२ हजार रुपैयाँ बराबरको आवेदन दिएका छन् । उक्त माग सर्वसाधरणका लागि बिक्री खुला गरिएको ३ लाख ७९ हजार १६७ कित्तालाई आधार मान्दा ६१ दशमलव ६५ गुणा बढी हुन आउँदछ ।

बिक्रि प्रबन्धकले दिएको तथ्याङ्क अनुसार सोमबार, चैत २३ गते साँझ कार्यालय समय सम्म रु रु जलुविद्युत परियोजनाको आइपीओमा १३ लाख १ हजार ३८४ जना सर्वसाधरण लगानिकार्ताले कुल १ अर्ब ८६ करोड ५९ लाख ९६ हजार रुपैयाँ बराबरको १ करोड ८६ लाख ५९ हजार ९६० कित्ता आइपीओका लागि आवेदन दिएका थिए ।

रु रु जलुविद्युत परियोजनाले आफ्नो जारी पूँजी रु ४०,७७,०५,५००/- (चालिस करोड सतहत्तर लाख पाँच हजार पाँच सय) को २० प्रतिशत अर्थात् ८,१५,४११ कित्ता साधारण शेयरमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाकालागि १० प्रतिशत अर्थात् ४,०७७०५ कित्ता निष्काशन गरी बाँडफाँड गरि बाँकी रहेको जारी पूँजीको १० प्रतिशत अर्थात रु.४,०७७०,६००/- रकम बराबरको रु. १००/- अंकित दरमा प्रिमियम वापत रु. २०/- थप गरी जम्मा मुल्य रु. १२०/- मा ४,०७७०६ कित्ता शेयर सर्वसाधारणलाई सार्वजनिक निष्काशन गरेको हो। सो मध्ये ८,१५४ कित्ता (२ प्रतिशत) कर्मचारीहरुलाई र २०,३८५ कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी ३७९,१६७ कित्ता साधारण शेयरहरुको सार्वजनिक निष्काशन गरिएको कम्पनीले जानकारी दिएको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँको दरले जारी पुँजीको १० प्रतिशत अर्थात चार करोड सात लाख ७० हजार रुपैयाँ बराबरको चार लाख सात हजार सात सय पाँच कित्ता आईपिओ निष्काशन गरेको थियो । कम्पनीले गुल्मीमा सञ्चालित ५ मेगावाटको माथिल्लो हुग्दी जलविद्युत आयोजनाको २० प्रतिशत आईपिओ निष्काशन गरेको हो ।

रुरु जलविद्युत परियोजनाको आइपीओ शेयर निष्कासन तथा बिक्रि प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले रुरु जलविद्युत परियोजनालाई ग्रेड ३ रेटिङ दिएको छ ।कम्पनीले पाएको ग्रेड ३ रेटिङले औषतमा कम्पनी राम्रो भएको आधार जनाउँछ ।

रु रु जलुविद्युत परियोजना कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम ३७९,१६७ कित्ता अर्थात् बिक्रि खुला गरिएको सम्पूर्ण कित्ता सम्मको लागि आवेदन दिन सकिने व्यवस्था रहेको थियो । उक्त कम्पनीको आईपीओ लगानीकर्ताहरुले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालय तथा मेरो शेयर, अनलाइन मार्फत पनि प्राथमिक शेयर(आईपीओ)का लागि आवेदन दिन सक्ने व्यवस्था रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x