एन आई सी एशिया बैंकमा मुद्दती खाता खोल्दा सबैभन्दा बढी फाइदा !

ज्ञानमाण्डू।एन आई सी एशिय बैंककले मुद्दती खातामा उच्च ब्याजदर सँगै २१ लाख रूपैयाँसम्मको बिमा सुविधा पनि दिँदै आएको छ । सर्वाधिक उच्च ब्याजदर पाइने खाताको रूपमा चिनिएको मुद्दती निक्षेप खातामा एन आई सी एसिया बैङ्कले न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा बिमा सुविधा पनि थप गरेको हो । यसअघि विभिन्न अविश्वसनीय सुविधाहरू दिँदै आएको बैङ्कको व्यक्तिगत मुद्दती खातामा ग्राहक महानुभावहरूको लागि तीन विभिन्न अतुलनीय बिमा सुविधा दिएको छ । जसले परम्परागत रूपमा रहेको मुद्दती निक्षेप खाताको परिभाषा नै फेरिदिएको छ ।


बैङ्कले ग्राहकको सुविधाको लागि न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खाता मार्फत जीवनमा आई पर्न सक्ने अकल्पनीय जोखिमको भरपाई गर्न २१ लाख रुपैयाँसम्मको चमत्कारिक बिमा सुविधा दिएको छ । बैङ्कले खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रूपमा अशक्त भएमा १० लाख रुपैयाँसम्मको बिमा सुविधा दिएको छ । यस्तै, ग्राहकले १८ घातक रोगहरूको लागि १० लाख रुपैयाँसम्म र १ लाख रुपैयाँसम्मको औषधी उपचार बिमा सुविधा पाउन सक्नेछन् । ग्राहकले बहिरंग (इएम्) उपचार गर्नु परेमा २० हजार रुपैयाँ सम्मको सुविधा लिन सक्ने छन् । यो २० हजारले डाक्टरको शुल्क, ल्याब टेष्ट, औषधि लगायतका काममा खर्च गर्न सकिनेछ । ग्राहक सिकिस्त बिरामी भई अस्पतालमै भर्ना हुनुपर्ने अवस्था आएमा बैङ्कले ८० हजार रुपैयाँसम्म बीमाबाटै खर्च गर्न सकिनेछ ।बैङ्कले ल्याएको विभिन्न निक्षेप योजनामा हालसम्म १ सय २ जना ग्राहकले यो सुविधाबाट रु ६० लाख भन्दा बढीको बिमा रकम प्राप्त गरी सकेका छन् ।

एन आई सी एसिया बैङ्कमा मुद्दती खाता खोलेकै भरमा पाइने यस्तो सुविधा देशकै सर्वोत्कृष्ट मुद्दती योजना रहेकोले आफ्ना ग्राहकवर्गहरुको लागि निकै फाइदा पुग्ने बैङ्कले विश्वास लिएको छ । २१ लाखसम्मको बिमा सर्वसाधारण आफैले गर्नु परेमा करिब १४ हजार रुपैयाँ बिमा शुल्क तिर्नुपर्ने हुन्छ । तर यस न्यू सुपर चमत्कारिक योजना अन्तर्गत बैङ्क स्वयंले उक्त बिमा सुविधा बापत लाग्ने बिमा शुल्क (प्रिमियम) सम्झौता गरको एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड लाई बैङ्कले सम्झौता गरे अनुरूप भुक्तानी गरिदिन्छ । जसले गर्दा ग्राहकले कुनै पनि अतिरिक्त शुल्क खर्च नगरी १४ हजार रुपैयाँको सेवा लिन सक्ने छन् ।

न्यूनतम १ लाख वा सो भन्दा बढीको मुद्दती निक्षेप खातामा भने १२ लाख ५० हजार रुपैयाँसम्म बिमा सुविधा प्राप्त गर्न सक्ने छन् । बैङ्कले खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रूपमा अशक्त भएमा १० लाख रुपैयाँसम्मको बिमा सुविधा दिएको छ । यस्तै, ग्राहक महानुभावले १८ घातक रोगहरूको लागि २ लाख रुपैयाँसम्म र ५० हजार रुपैयाँसम्मको औषधी उपचार बिमा सुविधा पाउन सक्ने छन् ।


ग्राहकहरूले न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा यो फाइदा लिन सक्ने छन् । बैंकर्स सङ्घमा भएको भद्र सहमति अनुसार बैङ्कहरुले मुद्दती निक्षेप खातामा ९.२५ प्रतिशत सम्म ब्याज पाउने छन् । त्यसमा शाखा प्रमूखले बढीमा ०.५० प्रतिशत सम्म ब्याजदर थप्न सक्छन् । त्यसैले प्राय सबै बैङ्कले मुद्दती निक्षेप खातामा बढीमा ९.७५ प्रतिशत सम्म ब्याज दिन्छन् । एन आई सी एसिया बैङ्कले भने सर्वाधिक उच्च ब्याजदर सँगै आफ्ना ग्राहकवर्गको फाइदाको लागि २१ लाख रुपैयाँसम्मको बिमा सुविधा थप गरेको कुरा बैङ्कले प्रेस विज्ञप्तिद्वारा जनाएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x