धितोपत्र बजारमा गिरावट, नेप्से २८१६.५६ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक केही अङ्कले ऒरलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६ दशमलव ५ अंकले घटेर २८१६ दशमलव ५६ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ४ दशमलव ५१ अंकले घटेर ५०३ दशमलव ९९ को विन्दुमा पुगेको छ ।


आज कूल २१९ कम्पनीका २ करोड ३४ लाख ६५ हजार ६७५ कित्ता शेयर रु ११ अर्ब १३ करोड ३३ लाख ९८ हजार १०८ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये ट्रेडिङ उपसमूह ४० दशमलव २५ अङ्कले बढ्दा जलविद्युत् उपसमूह ६४.५५ अङ्कले, निर्जीवन बीमा २५३.०९ अङ्कले, लघुवित्त २.३१ अङ्कले, जीवन बीमा ४३१.५९ अङ्कले र सामूहिक लागनी कोष शुन्य दशमलव ०२ अङ्कले बढेको छ । यता, बैंकिङ उपसमूह २५ दशमलव ५७ अङ्कले, होटल तथा पर्यटन २७.८९ अङ्कले, विकास बैंक ५३.४८ अङ्कले, वित्त १.७४ अङ्कले, उत्पादन २२.५१ अङ्कले, अन्य उपसमूह २९.१२ अङ्कले र लगानी उपसमूह १ दशमलव १७ अङ्कले घटेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x