३६.५०% बोनस पश्चात् १४७.५२% हकप्रद वितरण गर्ने राधी विद्युतको प्रस्ताव


ज्ञानमाण्डू।राधी विद्युत कम्पनीले आफ्ना शेयरधनीलाई लाभांश सँगै हकप्रद पनि वितरण गर्ने भएको छ । कम्पनीले  आ. व. २०७६/०७७ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको जम्मा ३६ दशमलव ५० प्रतिशत बोनस शेयर पश्चात् आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर जारी गर्ने प्रस्ताव अघि सारेको छ ।

राधी विद्युत कम्पनीको आईतबार मिति २०७८ साल जेष्ठ १६ गते अपरान्ह ५:०० बजे सम्पन्न संचालक समितिको बैठकले गरेको निर्णय अनुसार आफ्नो शेयरधनीहरुलाई आ. व. २०७६/०७७ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ३६.५ प्रतिशत बोनस शेयर वितरण पश्चात् कायम हुने रु. ६४,६४,०४,६२२.५०/- (अक्षरुपी रुपैयाँ चौसट्ठी करोड चौसठ्ठी लाख चार हजार छ सय बाईस र पचास पैसा मात्र) बराबर चुक्ता पूँजीको १४७.५२ प्रतिशतले हुन आउने १ शेयर बराबर नयाँ १.४७५२ (१ : १.४७५२) शेयरको अनुपातमा प्रतिशेयर रु. १०० का दरले ९५,३५,७६०.९९ कित्ता बराबरको हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित हकप्रद आगामी १५ औं बार्षिक साधारण सभामा पेश गरि उक्त सभाबाट अनुमोदन भएपछि मात्र निष्काशन हुने कम्पनीले जानकारी दिएको छ।  साथै आ.व. २०७६/७७ को वार्षिक साधारण सभा विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड -१९) को महामारीको स्थितिलाई ध्यानमा राखि यथासिघ्र गर्ने निर्णय गरेको राधी विद्युत कम्पनीले जनाएको छ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x