
ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार, जेठ २५ गतेका दिन लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा मंगलबार लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको कुल २० लाख १० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १० प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो । लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको सोहि बोनस शेयर नेप्सेमा मंगलबार सूचीकृत भएको हो।
शेयरधनीको डिम्याट खातामा आएपछि उक्त बोनस शेयर दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।