एक दशकभित्र अर्थतन्त्र १ सय अर्ब डलर बनाउने र २३ लाख थप रोजगारी सृजना गर्ने लक्ष्य


ज्ञानमाण्डू। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा सहित महासंघका पदाधिकारीहरू र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) का अध्यक्ष मा. जगत सिम्खडाको नेतृत्वमा आएको प्रतिनिधिमण्डल बीच आज महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएकाे छ । 

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्ष दिनेश श्रेष्ठ, रोजगारदाता परिषदका सभापति एवं उपाध्यक्ष रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचन सहभागी रहनु भएको उक्त भेटवार्तामा कोभिड महाव्याधीका कारण मुलुकको उद्योग व्यवसाय लगायत श्रम बजारमा पर्न गएको समस्या, अप्ठेरो समयमा श्रमिक कामदार कर्मचारीहरूबाट पाएको सहयोगका विषयमा छलफल भएकाे थियाे । 

सोही अवसरमा (जेटियुसीसी)का तर्फबाट रोजगारदाताहरूको संस्था नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छालाई न्यूनतम पारिश्रमिक कार्यान्वयनको आग्रह सहित ज्ञापन पत्र समेत बुझाइएको थियो । 

सो अवसरमा जेटियुसीसीका प्रतिनिधिमण्डलको स्वागत गर्नुहुंदै महासंघका अध्यक्ष गोल्छाले उद्योग व्यवसायमा कोभिडको असर अझै रहेको र पर्यटन, होटल लगायत केही उद्योगहरू अझै तङग्रन नसकेको बताउनु भयो । मुलुकभित्र श्रम सम्बन्धलाई अझ सुमधुर बनाउन महासंघ क्रियाशिल रहेको पनि उहांले स्पष्ट पार्नुभयो । अध्यक्ष गोल्छाले लकडाउनका समयमा महासंघले जेटियुसीसीसंग नजिकमा रहेर काम गरेको प्रशंग उल्लेख गर्नुहुंदै मुलुकभित्र श्रम सम्बन्धलाई थप मजवुद बनाउन महासंघ र जेटियुसीसी बीचको सहकार्यमा जोड दिनुभयो ।

अध्यक्ष गोल्छाले अबको एक दशकभित्र मुलुकको अर्थतन्त्र १ सय अर्व डलरको बनाउने र करिव २३ लाख थप रोजगारी सृजना गर्ने लक्ष्यका साथ महासंघले भिजन पेपरमा काम गरिरहेको स्पष्ट पार्दै महासंघको यस लक्ष्यलाई पुरा गर्ने दिशामा सम्पूर्ण कामदार कर्मचारीहरूको पनि उत्तिकै सहयोग महासंघले खोजेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x