कर्पोरेट डेभलपमेण्ट बैंकको साधारण सभा अषाढ २५ गते, बुक क्लोज कहिले ?


ज्ञानमाण्डू।कर्पोरेट डेभलपमेण्ट बैंक लिमिटेडले आगामी २०७८ साल अषाढ २५ गते, शुक्रबारका दिन १३ औँ वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकको सो सभा बिहान ७:३५ बजे पश्चात् बैंकको प्रधान कार्यालय आदर्शनगर, विरगंज, पर्सामा  भिडियो कन्फ्रेन्सको माध्यम मार्फत आरम्भ हुने कर्पोरेट डेभलपमेण्ट बैंक लिमिटेडले जानकारी दिएको छ। बैंकको अषाढ १ गतेका दिन बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभाको मिति तय भएको हो ।

बैंकको वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिने छ । यसका साथै आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गरिने एजेण्डा कम्पनीको रहेको छ । कम्पनीले आव २०७७/०७८ को लागि लेखापरिक्षकको नियुत्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिने लगायतका एजेण्डा कम्पनीको रहेको छ ।

विशेष प्रस्ताव तर्फ, कर्पोरेट डेभलपमेण्ट बैंकले अन्य कुनै संस्थाहरुसंग एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने, केन्द्रिय कार्यालय स्थानान्तरण गर्न सञ्चालक समितिलाई अख्तियारी दिने तथा प्रवन्धपत्र र नियमावलीको संशोधनहरुमा नियमनकारी निकायहरुबाट कुनै फेरवदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही वमोजिम गर्न संचालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

१३ औँ वार्षिक साधारण सभा प्रयोजनका लागि कर्पोरेट डेभलपमेण्ट बैंक लिमिटेडले मिति २०७८/०३/०४ गतेका दिनका लागि संस्थाको शेयरधनी दर्ता किताब बन्द(बुक क्लोज) रहने जनाएको छ। यस अर्थ मिति २०७८/०३/०३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई प्रचलित कानून बमोजिम संस्थाको शेयर रजिष्ट्रारमा प्राप्त विवरणको आधारमा कायम शेयरधनीहरु मात्र वार्षिक साधारण सभामा भाग लिन योग्य हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x