सञ्चार माध्यमलाई नवीकरण तथा जरिवाना छुट दिइने

ज्ञानमाण्डू। वाग्मती प्रदेश सरकारले रेडियो तथा टेलिभिजनको दर्ता नवीकरण बापतको शुल्कमा छुट दिने तथा जरिवाना एवं थप शुल्क समेत छुट दिने निर्णय गरेको छ । कोरोना कहरका कारण भएको लकडाउनले थलिएका विद्युतीय सञ्चार माध्यमका हितका लागि राहत स्वरुप सरकारका तर्फबाट उक्त निर्णय गरिएको प्रदेशका अन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मरकट्टेलले जानकारी दिए । विद्युतीय सञ्चारमाध्यमलाई छुट दिने सङ्घीय सरकारको निर्णयानुसार नै प्रदेश सरकारले पनि निर्णय गरेको उनले बताए ।

प्रदेश सरकारले विद्युतीय सञ्चारमाध्यमलाई नवीकरण लगायतमा छुट दिने गरेको निर्णय प्रति ब्रोडकास्टिङ यसोसिएसनका केन्द्रीय उपाध्यक्ष उज्ज्वल चौलागाइँले खुशी व्यक्त गर्र । “सरकारले केही ढिलो निर्णय ग¥यो तर अत्यन्तै सकारात्मक निर्णय ग¥यो” उनले भने । सरकारको निर्णयले प्रदेश सरकार मातहतका २०० भन्दा बढी रेडियो तथा ३५ वटाभन्दा बढी केवल टेलिभिजन लाभान्वित हुने उनको भनाइ छ । ताल्चा लगाउनुपर्ने अवस्थामा पुगेका रेडियो टेलिभिजनलाई सरकारको निर्णयले पुन र्जीवन दिएको उपाध्यक्ष चौलागाईँले बताए । रासस

Bagmati Pradesh

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x