एनएमबि लघुवित्तमा राेजगारीकाे अवसर

nmb laghubitta

एनएमबि लघुवित्त वित्तीय संस्था लि. एनएमबि बैंक लि.को सहायक कम्पनीको रुपमा दर्ता कायम भएको राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको एक प्रतिष्ठित कम्पनी हो । साे वित्तीय संस्थाले तपसिलमा उल्लेखित पदहरुमा कर्मचारीहरु आवश्यक भई खुल्ला प्रतिस्प्रर्धाबाट पदपुर्ती गर्नु पर्ने भएकोले योग्यता पुगेका इच्छुक व्यक्तिहरुलाई सूचना प्रकाशित भएको मिति २०७९/०४/०६ ले १५ दिन भित्र आवेदन दिन आह्वान गरेकाे छ।
साे वित्तीय संस्थाको वेभसाइट www.nmbmicrofinance.com मा गई अनलाइन फारममा भएका विवरणहरु भरी आवेदन पठाउन सकिने छ । प्राप्त हुन आएका आवेदनहरु मध्ये रितपुगेका योग्य आबेदकहरुको छोटो सूची (Short List) र परीक्षा सम्बन्धी कार्यक्रम आवेदन दिने म्याद समाप्त भएको मितिले ७ दिन भित्रमा वेवसाइटमा प्रकाशित गरिने छ । टेलिफोन र इमेलबाट समेत परीक्षा कार्यक्रम सम्बन्धी जानकारी दिन सकिने छ ।

पद: विभागीय प्रमुख (आन्तरिक लेखा परिक्षण)
श्रेणी: अधिकृत
संख्या: १ जना

आवश्यक योग्यता: मान्यता प्राप्त विश्वविद्यालयबाट CA,CPS, ACCA जस्ता तह हासिल गरेका वा वित्त, लेखा विषयमा स्नातकोत्तर तह हासिल गरी बैंक तथा वित्तीय संस्थामा ३ वर्षको कार्यानुभव भएका वा स्नातक तह अथवा CA Semi Qualifed भई बैंक तथा वित्तीय संस्थामा ५ वर्षको कार्यानुभव भएका व्यक्तिले आवेदन दिन सक्नेछन् । 
१. आवेदकहरुको उमेरको हद १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ । महिला आवेदकहरुको हकमा माथिल्लो उमेरको हदमा ५ वर्ष थप हुनेछ ।
२. नेपाल बाहिरका शिक्षण संस्थाबाट प्राप्त शैक्षिक प्रमाणपत्रहरु भए समकक्षता निर्धारणको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।
३. कर्मचारी छनौट सम्बन्धी सम्पूर्ण अधिकार यस वित्तीय संस्थामा निहित रहनेछ ।

तलव तथा अन्य सुविधा: वित्तीय संस्थाको नियमानुसार हुनेछ ।
परीक्षाको किसिम: प्रयोगात्मक र अन्तरवार्ता ।

पदपुर्ति समिति : एनएमबि लघुवित्त वित्तीय संस्था लि.
NMB Laghubitta Bittiya Sanstha Ltd.
केन्द्रीय कार्यालय : पोखरा-२५, हेम्जा, कास्की
फोन : ०६१-४००४२७, ४००४७७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x