
ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बिहिबार अषाढ १७ गते, सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको जानकारी दिएको छ। नेप्सेले बिहिबार सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर पछिको भाउ समायोजन गरेको जानकारी दिएको छ।

नेप्सेले बिहिबार सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको ११ प्रतिशत बोनस शेयर पछिको भाउ समायोजन गरेको हो। शेयरमूल्य समायोजन पश्चात सगरमाथा इन्स्योरेन्सको शेयरमूल्य १४०० रुपैयाँ निर्धारण भएको छ।
सोही मूल्यलाई आधार मानेर बिहिबार सगरमाथा इन्स्योरेन्सको शेयर कारोबार खुला हुनेछ । नेप्सेले कम्पनीको अघिल्लो कारोबारी दिन अर्थात बुधबारको अन्तिम कारोबार मूल्य धितोपत्र बजारमा प्रतिकित्ता १ हजार ५५४ रुपैयाँका आधारमा भाउ समायोजन गरेको हो ।