
ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आइतबार, अषाढ २० गतेका दिन मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा आइतबार मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेडको कुल ३ लाख ६४ हजार ४४८.३५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ९ दशमलव १९९८ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो । लघुवित्तको सोहि बोनस शेयर नेप्सेमा आइतबार सूचीकृत भएको हो।
शेयरधनीको डिम्याट खातामा आएपछि उक्त बोनस शेयर दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।