धितोपत्र बजारमा १.८५ अंकको वृद्धि, नेप्से परिसूचक २०५४.९८ को विन्दुमा


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक एकल अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १ दशमलव ८५ अंकले बढेर २०५४ दशमलव ९८ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक शुन्य दशमलव ५८ अंकले बढेर ३९७ दशमलव ६९ को विन्दुमा पुगेको छ ।


आज कूल २२२ कम्पनीका ४० लाख ३१ हजार २५ कित्ता शेयर रु १ अर्ब ३३ करोड ३५ लाख ६० हजार ८५७ मा खरिद बिक्री भए ।


कारोबार भएका कूल १३ उपसमूह मध्य होटल तथा पर्यटन उपसमूह ३७ दशमलव ४७ अङ्कले, विकास बैंक उपसमूह १४.७६ अङ्कले, वित्त उपसमूह ६.०७ अङ्कले, निर्जीवन बीमा ५.०२ अङ्कले, लघुवित्त उपसमूह ११.५४ अङ्कले र सामूहिक लगानी कोष शुन्य दशमलव ०७ अङ्कले घटेका छन्। यता, बैंकिङ उपसमूह ४ दशमलव ९८ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह १०.९४ अङ्कले, जलविद्युत उपसमूह शुन्य दशमलव ६ अङ्कले, उत्पादन उपसमूह २९.३७ अङ्कले, अन्य उपसमूह शुन्य दशमलव ५८ अङ्कले, जीवन बीमा उपसमूह ८.५८ अङ्कले र लगानी उपसमूह शुन्य अङ्कले बढेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x