समिट लघुवित्तको नाफामा २०१.६३ प्रतिशतको वृद्धि, प्रतिशेयर आम्दानी कति ?

ज्ञानमाण्डू। समिट लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा २०१.६३ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को चौथो त्रैमास सम्ममा लघुवित्तले ३ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले ११ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

३९ करोड ४३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको समिट लघुवित्तले १ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब २८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै समिट लघुवित्तले २ अर्ब ८० करोड रुपैयाँ सापटी लिएकाे छ भने जगेडा कोषमा २१ कराेड ७८ लाख रुपैयाँ रहेको छ ।

लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ७२.७० प्रतिशतले बढेर २९ करोड ४० लाख रुपैयाँ पुगेकाे छ । लघुवित्तमा निष्कृय कर्जा अनुपात ४.८८ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ३० रुपैयाँ ३८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ २५ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू १६९३ काे आधारमा मूल्य आम्दानी अनुपात ५५.७२ गुणा रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x