धितोपत्र बजारमा एकल अङ्ककाे गिरावट, नेप्से २५४३.३९ को विन्दुमा | NEPSE


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले घटेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३ दशमलव ६६ अंकले घटेर २५४३ दशमलव ३९ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव ३० अंकले बढेर ४९० दशमलव १३ को विन्दुमा पुगेको छ ।


आज कूल २३० कम्पनीहरूका ५१ लाख ३९ हजार २३९ कित्ता शेयर रु २ अर्ब ४९ करोड ३२ लाख ४१ हजार २७२ मा खरिद बिक्री भए ।


कारोबार भएका कूल १३ उपसमूहहरू मध्य बैंकिङ उपसमूह ३ दशमलव २७ अङ्कले, होटल तथा पर्यटन उपसमूह १.५२ अङ्कले, विकास बैंक उपसमूह ५३.३१ अङ्कले र अन्य उपसमूह ८.२१ अङ्कले बढेको छ। यता, ट्रेडिङ उपसमूह १२ दशमलव ४ अङ्कले घट्दा जलविद्युत उपसमूह २१ दशमलव ९७ अङ्कले, वित्त उपसमूह १३.६ अङ्कले, निर्जीवन बीमा १८.१४ अङ्कले, उत्पादन उपसमूह १२७ अङ्कले, लघुवित्त उपसमूह ३.१६ अङ्कले, जीवन बीमा उपसमूह १६३.१७ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव ०३ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव १६ अङ्कले घटेका छन् ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x