नेपाल राष्ट्र बैङ्कद्वारा बैङ्क तथा वित्तीय संस्थाहरूको लागि चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ जारी


ज्ञानमाण्डू। नेपाल राष्ट्र बैङ्कले सो बैङ्कबाट इजाजतपत्रप्राप्त बैङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने चालू पुँजी प्रकृतिका कर्जाको औचित्य, प्रभावकारिता तथा सदुपयोगयता सुनिश्चित होस् भन्ने अभिप्राय र बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जाको सदुपयोगयता सुनिश्चित हुने, सम्पत्तिको गुणस्तर सुदृढ एवं यथार्थपरक हुने र कर्जा जोखिम व्यवस्थापन प्रभावकारी हुने विश्वासका साथ चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ जारी गरेको छ ।

बैङ्क तथा वित्तीय संस्थाबाट प्रदान हुने चालू पुँजी प्रकृतिका कर्जाको सीमा निर्धारण तथा अनुगमन प्रक्रिया संस्थापिच्छे फरक फरक हुँदा विविधताको अतिरिक्त चालू पुँजी कर्जाको लागि ऋणीको क्षमताको विश्लेषण त्रुटिपूर्ण र कमजोर हुने गरेको एवं निरीक्षण तथा सुपरिवेक्षणको क्रममा यस्ता कर्जाको सदुपयोगयता यकिन गर्न समेत कठिन हुने गरेका कारण चालू पुँजी कर्जाको सीमा निर्धारण तथा अनुगमन कार्यको मूलभूत विषयमा एकरूपता कायम गर्नु, कर्जा स्वीकृति प्रक्रिया एवं कर्जाको उपयोगलाई पारदर्शी बनाउनु र कर्जा सदुपयोगयता यकिन गर्न सकिने आधारभूत पद्धतिको विकास गर्नु मार्गदर्शनको उद्देश्य रहेको कुरा मार्गदर्शन मार्फत नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x