अधिकांश वित्तिय सूचकमा सुधार गरेको मेगा बैङ्कको लाभांश दिन सक्ने क्षमता कति ?

ज्ञानमाण्डू। मेगा बैङ्कको नाफा ४५.१६ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को चाैथाे त्रैमास सम्ममा बैङ्कले १ अर्ब ५८ कराेड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को चाैथाे त्रैमास सम्ममा बैंकले २ अर्ब ३० करोड रुपैयाँ माथि नाफा कमाएको देखिन्छ ।

१४ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको मेगा बैङ्कले १ खर्ब ३६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ५ अर्ब ६४ करोड रुपैयाँ र संचित मुनाफा १ अर्ब ५१ कराेड रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३८.९५ प्रतिशतले बढेर ५ अर्ब ८० करोड रुपैयाँ पुगेकाे छ ।

त्यस्तै बैंङ्ककाे आ.व. २०७७/७८ काे वितरण याेग्य मुनाफा १ अर्ब ५१ कराेड रुपैयाँ रहेकाे छ अर्थात मेगा बैङ्कले आफ्ना शेयरधनिहरूलाई आ.व. २०७७/७८ काे वितरण याेग्य मुनाफाबाट १०.३४ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएकाे देखिन्छ ।

बैंककाे निष्कृय कर्जा अनुपात १.२६ प्रतिशत र प्रतिशेयर आम्दानी १५ रुपैयाँ ७१ पैसा छ भने प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ११ पैसा र पछिल्लाे काराेबार मूल्य रू ३९१ काे आधारमा मूल्य आम्दानी अनुपात २४.९ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x