एक्सेल डेभलपमेन्ट बैंकले हकप्रद निष्काशन गर्न कहिले गर्दै छ बुकक्लोज ?


ज्ञानमाण्डू।एक्सेल डेभलपमेन्ट बैंकले हकप्रद निष्काशनकाे लागि बुकक्लोज मिति तोकेको छ।

बैंकको भदौ २२ गतेका दिन ५ बजे बसेको सञ्चालक समितिको २६० औँ बैठकले गरेको निर्णय अनुसार २०७७ साल असार १४ गते सम्पन्न १४ औँ वार्षिक साधारण सभाबाट पारित भए बमोजिम हाल कायम चुक्ता पूँजी ८१ करोड ११ लाख २१ हजार २२४.७२ रुपैँया  को ३० प्रतिशतले हुन आउने हकप्रद शेयर जारी गर्न आगामी असोज १ गते शुक्रबार, एक दिनको लागि बुकक्लोज गर्ने निर्णय गरेको हो।

यस अर्थ मिति २०७८/०५/३१ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई प्रचलित कानून बमोजिम संस्थाको शेयर रजिष्ट्रारमा प्राप्त विवरणको आधारमा कायम शेयरधनीहरु मात्र उक्त हकप्रदमा आवेदन दिन योग्य हुने छन् ।

बैंकको गत असार १४ गते सम्पन्न चौधौ साधारणसभाले शेयरधनीहरुलाई १०ः३ (विद्यमान १० कित्ता साधारण शेयर बराबर नयाँ ३ कित्ता साधारण शेयर) को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो। सोहि प्रयोजनको लागि सञ्चालक समितिको बैठकले बुकक्लोज मिति तय गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x