
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भदाै २५ गते, शुक्रबारका दिन छापावाला सुनको मूल्य तोलाको ९० हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९० हजार २ सय रुपैयाँ तोकिएको छ ।


शुक्रबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य पनि सामान्य रकमले उकालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय १५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन विहीबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ५ रुपैयाँले बढेको देख्न सकिन्छ ।