‘स्मार्ट’ चालक अनुमतिपत्र चार महिनामा छापिसकिने

ज्ञानमाण्डू।यातायात व्यवस्था विभागले अहिले छाप्न बाँकी ‘स्मार्ट’ चालक अनुमति पत्र आगामी चार महिनामा सम्पन्न गर्ने लक्ष्य लिएको छ । ठुलो क्षमताको उपकरण (मास प्रिन्टर) सञ्चालनमा आएसँगै अहिले विभागमा रहेका अनुमति पत्र चार महिनामा छापिसकिने र अबका दिनमा थप हुने अनुमति पत्र अर्को दुई महिनामा छापिसक्ने लक्ष्य लिइएको विभागले बताएको छ ।

प्रविधिमा कुनै पनि किसिमको समस्या नआए समयमै काम सकिने विभागका महा निर्देशक गगनबहादुर हमालले बताए । अबको छ महिनामा सेवाग्राहीले परीक्षा पास गरेको केही दिनमै अनुमति पत्र पाउने उनको भनाइ छ । उनले भने, “अहिले रहेको छाप्न बाँकी अनुमति पत्र सकिँदा मास प्रिन्टरको क्षमताले मागअनुसार छाप्न सक्छ ।” 

झन्डै आठ लाख चालक अनुमति पत्र वितरण गर्न बाँकी रहँदा गत असोजमा उपकरण ल्याइएको थियो । सो उपकरण आइपुगेको दुई महिनासम्म पनि जडान गर्ने र तथ्याङ्क सार्नेलगायतका काम भएपछि गत महिनाबाट उपकरण सञ्चालनमा आएको हो । पहिलो केही साता एक सिफ्टमा मात्रै सञ्चालन भएकामा दुुई सिफ्ट हुँदै अहिले तीन सिफ्टमा सञ्चालन भइरहेको विभागले जनाएको छ । अहिले दैनिक सात/सात घण्टा गरी तीन सिफ्टमा सञ्चालन भइरहेको महा निर्देशक हमालले बताए । दैनिक २१ घण्टामा उपकरण समय समयमा रोकेर १५ देखि १६ घण्टा प्रयोगमा ल्याइएको छ । उनले भने, “अहिले मास प्रिन्टरबाट दैनिक झन्डै पाँच हजार अनुमति पत्र छपाइ भइरहेको छ ।” 

मास प्रिन्टरसँगै विभागमा विगतदेखि सञ्चालनमा रहेका साना क्षमताका तीन प्रिन्टर छन् । तीन प्रिन्टर’ ले दैनिक झन्डै एक हजार अनुमति पत्र छापिरहेको छ । मास प्रिन्टर परीक्षणकालदेखि अहिलेसम्म नियमित रूपमा सञ्चालनमा छ । अहिलेसम्म कुनै पनि किसिमको समस्या नआएको उनले बताए । 

विभागमा अहिले देशभरका यातायात व्यवस्था कार्यालयहरूबाट आवेदन आइरहेको छ । हस्तलिखित अनुमति पत्र विस्थापित गर्न परीक्षा पास भएका र नवीकरण गर्ने दुवै सेवाग्राहीलाई ‘स्मार्ट’ चालक अनुमति पत्र वितरण गरिँदै आइएको छ । यातायात कार्यालयहरू प्रदेश सरकारमा हस्तान्तरण भइसके पनि ती कार्यालयबाट आएका आवेदनबाट विभागले अनुमति पत्र छापिरहेको छ । कतिपय प्रदेश सरकारले विगतमा अनुमति पत्र छपाइमा ढिलाइ हुँदा आफैँ छाप्ने बताए पनि अहिलेसम्म कुनैले पनि छाप्ने काम गरेका छैनन् । 

विभागमा विगतका वर्षमा उपकरणको क्षमताभन्दा माग बढी रहेको थियो । त्यस्तै छपाइ गर्न कार्ड पनि पर्याप्त नभएको विभागले बताउँदै आएको थियो । ‘स्मार्ट’ चालक अनुमति पत्र छपाइमा रहेको ढिलाइ हटाउन सरकारले गत वर्ष नै ठुलो सङ्ख्यामा एकै पटक छाप्ने ‘मास प्रिन्टर’ सँगै १० लाख कार्ड खरिदका लागि पनि ठेक्का सम्झौता गरेको थियो । सबै कार्ड आइसकेकाले अहिले त्यो समस्या पुरै हटिसकेको महा निर्देशक हमालले बताए । उनले भने, “डेढ लाख कार्ड छपाइ गरिसकेका छौँ, अझै आठ लाख ५० हजार कार्ड हामीसँग छ ।” 

विभागले गत वर्ष ग्लोबल खरिद प्रक्रियामार्फत मद्रास प्रिन्टर प्रालिमार्फत प्रिन्टर खरिद गरेको हो । विभागमा छपाइ गर्नसक्ने क्षमताभन्दा माग धेरै गुणा बढी हुँदा विगतमा झन्डै एक वर्षसम्म सेवाग्राहीले अनुमति पत्र पाएका थिएनन् । कतिपय कार्ड भने छापिएको लामो समय हुँदासमेत सेवाग्राही लिन नआउँदा व्यवस्थापन गर्न कठिन भएको यातायात व्यवस्था कार्यालयहरुले बताउँदै आएका छन् । 

विभागमा रहेका पुराना उपकरणको क्षमता प्रति घण्टा ४० वटासम्म मात्रै रहेको छ । पहिले सात वटा उपकरण ल्याएर विभागले ‘स्मार्ट’ चालक अनुमति पत्र छाप्न सुरु गरेको थियो । तीमध्ये अहिले तीन वटा मात्रै काम गर्ने अवस्थामा छन् । 

‘स्मार्ट’ चालक अनुमति पत्रमा रहेको ढिलाइ हटाउन मन्त्रालयले पनि चासो देखाउँदै आएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले मन्त्रालयको जिम्मेवारी सम्हालेको केही समयमै विभागमा पुगेर ‘मास प्रिन्टर’ अवलोकन गर्दै विभागलाई समयमै चालक अनुमति पत्र छपाइ गरिसक्न निर्देशन दिएका थिए ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x