फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको नाफा २ करोड ९६ लाख रुपैयाँ

 first microfinance

ज्ञानमाण्डू। फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ०.२३ प्रतिशतले घटेकाे छ । आ.व. २०७७/७८ को पहिलाे त्रैमास सम्ममा लघुवित्तले २ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को पहिलाे त्रैमास सम्ममा लघुवित्तले २ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।


९६ करोड ४४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले ९ अर्ब ३३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, लघुवित्तले ९ अर्ब ६६ करोड रुपैयाँ सापटी लिएकाे छ भने जगेडा कोषमा २० करोड ३६ लाख रुपैयाँ रहेको छ ।

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ९.१७ प्रतिशतले घटेर ४ करोड ७९ लाख रुपैयाँ पुगेकाे छ । लघुवित्तको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ३० पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२१.११ रुपैयाँ छ र पछिल्लाे काराेबार मूल्य रू ८८५.९० काे आधारमा मूल्य आम्दानी अनुपात ७२.०२ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x