सन्राइज बैंकका ग्राहकलाई KFC र Pizza Hut मा विशेष छुट



ज्ञानमाण्डू। सन्राइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुबिधालाई मध्यनजर गर्दै रेष्टुरेन्ट क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यका साथ बैंकले देबयानी इन्टरनेशनल (नेपाल) प्रा. लि संग सम्झौता गरेको छ । 

ग्राहकहरुलार्ई विशेष छुट दिने सम्झौतापत्रमा बैंकका नायब महाप्रबन्धक रबिन नेपाल र देबयानी इन्टरनेशनल (नेपाल) प्रा.लि का नायब महाप्रबन्धक – (वित्त बिभाग) रितु राज शाह बीच हस्ताक्षर भएको बैंकले जानकारी दिएको छ । 



सम्झौता पश्चात बैंकका ग्राहकहरुले KFC र Pizza Hut मा खाना र बेबरेज (food and beverages) को खरिदमा सन्राइज बैंकको के्र्रडिट कार्ड र डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा ५ प्रतिशत छुट पाउने बैंकले उल्लेख गरेको छ । ग्राहकहरुले KFC र Pizza Hut को उपत्यका भित्र र बाहिरको १७ वाट शाखाहरुबाट नै यस छुटको लाभ लिन सक्नेछन् ।

बैंकले “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियान अनुरुप आफ्ना ग्राहकहरुलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान प्रोत्साहन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x