बिहिबार नेप्सेमा एभरेष्ट इन्स्योरेन्सको ८% बोनस शेयर सूचीकृत

ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बिहिबार, अषाढ २४ गतेका दिन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा बिहिबार एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको कुल ८ लाख ७६ हजार ७४४ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।



एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ८ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो । इन्स्योरेन्सको सोहि बोनस शेयर नेप्सेमा बिहिबार सूचीकृत भएको हो।

शेयरधनीको डिम्याट खातामा आएपछि उक्त बोनस शेयर दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x