चालु आ.व.को पहिलो त्रैमासमा जीवन बीमा कम्पनीले संकलन गरे ३८ अर्ब अधिक बीमा शुल्क

ज्ञानमाण्डू।चालु आर्थिक वर्षको असोज महिनासम्म आइपुग्दा हाल नेपालमा सञ्चालनमा रहेका सम्पूर्ण जीवन बीमा कम्पनीहरूले ३८ अर्ब १८ करोड रुपैंया बीमा शुल्क आर्जन गरेका छन् जस जसमध्ये उक्त जीवन बीमा कम्पनीहरूले असोज एक महिनामा मात्रै १० अर्ब ६ करोड अधिक बीमा शुल्क सङ्कलन गरेको तथ्याङ्कले जनाएको छ। गत आर्थिक वर्षको समिक्षा अवधिमा उक्त जीवन बीमा कम्पनीहरुले ३२ अर्ब २८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । गत वर्षको सोहि अवधिको तुलनामा बीमा कम्पनीहरुले १८.२८ प्रतिशतले बजार विस्तार गर्न सफल भएको तथ्याङ्कले देखाएको छ। 

यस अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले सर्वाधिक ९ अर्ब ९० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । असोज एक महिनामा मात्रै भने नेपाल लाइफले २ अर्ब २८ करोड रुपैयाँ आर्जन गरेको छ । त्यस्तै सर्वाधिक बीमा शुल्क आर्जन गर्ने अर्को कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेसन रहेको छ । इन्स्योरेन्सले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा ५ अर्ब २५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको हो । त्यस्तै असोज एक महिनामा मात्रै हेर्ने हो भने लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले १ अर्ब ८८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

त्यसैगरि, नेशनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको असोज महिनासम्म आइपुग्दा ३ अर्ब ४५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । उक्त इन्स्योरेन्सले असोज एक महिनामा मात्रै १ अर्ब ४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको देखिन्छ। व्यापार विस्तारमा लागि परेको युनियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिसम्म १ अर्ब ८९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । असोज एक महिनामा मात्रै हेर्ने हो भने युनियन लाइफले ५६ करोड अधिक रुपैयाँ बीमा शुल्क संकलन गरेको तथ्याङ्कले देखाएको छ। 



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x