चालु आर्थिक वर्षको भाद्रसम्म आइपुग्दा करिब साढे ८३ अर्बले शोधनान्तर स्थिती नकारात्मक

 
ज्ञानमाण्डू। आर्थिक क्रियाकलाप चलायमान भएतापनि बढ्दो वस्तु व्यापार घाटा र घट्दो विप्रेषण आप्रवाह र विदेशी मुद्रा संचितिले चालु आर्थिक वर्षको भाद्रमा करिब साढे ८३ अर्ब रुपैयाँले शोधनान्तर स्थिती नकारात्मक देखिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकका अनुसार २०७८ साल गत भाद्रसम्म आइपुग्दा शोधनान्तर स्थिति रु.८३ अर्ब ४१ करोडले घाटामा रहेको छ । 

चालु आर्थिक वर्षको पहिलो महिना श्रावणमा मात्रै मुलुकबाट बाहिरिने र भित्रिने रकम बिचको अन्तर (शोधनान्तर स्थिती) ३८ अर्ब ७५ करोड रुपैयाँ घाटामा रहेको थियो । चालु आर्थिक वर्षको द्रोस्रो महिनासम्म आइपुग्दा शोधनान्तर घाटा पुन वृद्धि हुँदै ८३ अर्ब ४१ करोड रुपैयाँ नोक्सानीमा रहेको केन्द्रिय बैंकले जनाएको छ । गत आ.व.को सोहि अवधिमा शोधनान्तर स्थिती ६७ अर्ब ६३ करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो आ.व.को सोही अवधिमा ५६ करोड ६२ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७० करोड ४३ लाखले घाटामा रहेको तथ्यांकले जनाएको छ ।

समिक्षा अवधिमा चालु खाता १०६ अर्ब ७५ करोडले घाटामा रहेको छ । गत आ.व.को सोही अवधिमा चालु खाता रु.२५ अर्ब १६ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा गत आ.व.को सोहि अवधिमा २१ करोडले बचतमा रहेको चालु खाता चालु आ.व.को द्रोस्रो महिनामा आइपुग्दा ९० करोड १५ लाखले घाटामा रहेको केन्द्रिय बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको भाद्रसम्म आइपुग्दा पुँजीगत ट्रान्सफर ३६.३ प्रतिशतले कमी आई रु.१ अर्ब २५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २४.६ प्रतिशतले वृद्धि भई रु.३ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.१ अर्ब ९६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.२ अर्ब ४४ करोड रहेको थियो ।

स्रोत: नेपाल राष्ट्र बैंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x