पहिलो त्रैमासमा निर्जीवन बीमाहरुले सङ्कलन गरे साढे ९ अर्ब बीमा शुल्क, २८% व्यापार वृद्धि


ज्ञानमाण्डू।चालु आर्थिक वर्षको असोज महिनासम्म आइपुग्दा हाल नेपालमा सञ्चालनमा रहेका अधिकांश निर्जीवन बीमा कम्पनीहरूले ९ अर्ब ६९ करोड रुपैंया बीमा शुल्क आर्जन गरेका छन् जस जसमध्ये उक्त निर्जीवन बीमा कम्पनीहरूले असोज एक महिनामा मात्रै ६ अर्ब ७३ करोड अधिक बीमा शुल्क सङ्कलन गरेको तथ्याङ्कले जनाएको छ।

गत आर्थिक वर्षको असोज मसान्तसम्मको तुलनामा २७.८८ प्रतिशतले व्यापार वृद्धि गर्न सफल जम्मा २० वाट निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको असोज महिनासम्म आइपुग्दा कुल ९ अर्ब ६९ करोड रुपैंया अधिक बीमा शुल्क आर्जन गरेका छन् । गत आर्थिक वर्षको समिक्षा अवधिमा अधिकांश निर्जीवन बीमा कम्पनीहरूले ७ अर्ब ५८ करोड रुपैंया बीमा शुल्क आर्जन गरेका थिए।

गत अर्थि वर्षको सोहि अवधिको तुलनामा ०.१९ प्रतिशतले गिरावट आएको उक्त निर्जीवन बीमा कम्पनीहरूको कुल जारी बीमालेख सङ्ख्या चालु आर्थिक वर्षको असोज महिनासम्म आइपुग्दा ७ लाख ३० हजार ९९७ रहेको तथ्याङ्कले जनाएको छ। गत आर्थिक वर्षको सोहि अवधिमा निर्जीवन बीमा कम्पनीहरूको कुल जारी बीमालेख सङ्ख्या ७ लाख ३२ हजार ३५९ रहेको थियो। असोज एक महिनामा मात्रै उक्त निर्जीवन बीमा कम्पनीहरूको बीमालेख सङ्ख्या २ लाख ५८ हजार ९१४ रहेको छ।

  • सर्वाधिक बीमा शुल्क आर्जन गर्न शिखर इन्स्योरेन्स तगडा, कुन निर्जीवन बीमा कम्पनीको आर्जन कति छ? 

यस अवधिमा शिखर इन्स्योरेन्स कम्पनीले सर्वाधिक १ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । असोज एक महिनामा मात्रै भने शिखर इन्स्योरेन्सले ३१ करोड ८९ लाख रुपैयाँ आर्जन गरेको छ । त्यस्तै सर्वाधिक बीमा शुल्क आर्जन गर्ने अर्को कम्पनी सगरमाथा इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा ९० करोड ६७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको हो । त्यस्तै असोज एक महिनामा मात्रै हेर्ने हो भने सगरमाथाले ३२ करोड ८७ लाख रुपैयाँ अधिक बीमा शुल्क संकलन गरेको छ ।

त्यसैगरि, नेको इन्स्योरेन्सले चालु आर्थिक वर्षको असोज महिनासम्म आइपुग्दा ८१ करोड २८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । उक्त इन्स्योरेन्सले असोज एक महिनामा मात्रै २९ करोड ४४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको देखिन्छ। त्यसतै, सिद्धार्थ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिसम्म ६९ करोड ९५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । असोज एक महिनामा मात्रै हेर्ने हो भने उक्त इन्स्योरेन्सले २४ करोड २३ लाख अधिक रुपैयाँ बीमा शुल्क संकलन गरेको तथ्याङ्कले देखाएको छ।

यस अवधिमा सबैभन्दा कम सानिमा जनरल इन्स्योरेन्सले २२ करोड ३७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । असोज एक महिनामा मात्रै हेर्ने हो भने उक्त इन्स्योरेन्सले झन्डै ९ करोड रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको तथ्याङ्कले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x