अब करदाता सेवा कार्यालय ओखलढुङ्गामा सिभिल बैंकको एक्सटेन्सन काउन्टर

ज्ञानमाण्डू। सिभिल बैंकले ओखलढुङ्गा जिल्ला, सिद्धिचरण नगरपालिका वडा नं ११, करदाता सेवा कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको जानकारी दिएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घघाटन सिद्धिचरण नगरपालीकाका मेयर मोहन कुमार श्रेष्ठले गर्नुभएको बैंकले उल्लेख गरेको छ ।


उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा ओखलढुङ्गा जिल्लाका सहायक प्रमूख जिल्ला अधिकृत मनिता कार्की, नेपाली सेनाका श्री अरिदमन् गणका गणपति महा–सेनानी विशाल सिंह, नेपाल प्रहरीका ओखलढुङ्गा जिल्लाका प्रमुख गोविन्द पौडेल, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमूख युगल किशोर न्यौपान, कर दाता सेवा कार्यालयका प्रमुख कोसालेन्द्र रिजाल, उद्योग वाणिज्य संघ ओखलढुंगाका अध्यक्ष घनेन्द्र कुमार मास्के, ओखलढुंगा पत्रकार महासंघका अध्यक्ष दीपेन्द्र रुम्जाली, सिभिल बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ विभागका प्रमुख भोला बहादुर बिष्ट, सिभिल बैंक प्रदेश नं १ का प्रमुख राजेश ढकाल लगायत सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति, मिडियाकर्मीहरु तथा सर्वसाधरणको वाक्लो उपस्थितिरहेको बैंकले जानकारी दिएको छ ।


उक्त एक्सटेन्सन काउन्टरको समुद्घघाटन पश्चात् त्यस क्षेत्रका सेवाग्राहीहरुले नेपाल सरकार अर्थ मन्त्रालय आन्तरीक राजश्व विभागसंग सम्वन्धित करहरुको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्फत सजिलैसंग गर्न सक्ने बैंकले यस प्रेस विज्ञप्तिद्वारा जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x