ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भदाै १५ गते, बुधबारका दिन छापावाला सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ रुपैयाँ तोकिएको छ ।
अघिल्लो कारोबार दिन अर्थात मङ्गलबार भदाै १४ गतेका दिन, छापावाला सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य पनि सामान्य रकमले आेरालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार १ सय ३० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन मङ्गलबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १५ रुपैयाँले घटेको देख्न सकिन्छ ।